सोमबार, चैत ३०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपामा महामन्त्री ढकालको विद्रोह- मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी

रास्वपामा महामन्त्री ढकालको विद्रोह- मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका छन्।

National life

बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरिएपछि महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएका हुन्।

ढकालले केही दिनअघिदेखि नै बैठक लाइभ गर्न माग गर्दै आइरहेका थिए। पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक डाकिएको हो।

नयाँ सत्ता समीकरण, महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गरिने र पार्टीले आफ्नो धारणा बनाउने तयारी छ। 

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए। ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।

kumari

प्रकाशित: Jul 03, 2024| 10:08 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्