शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एकीकृत समाजवादी महाधिवेशन : १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव प्रस्तुत गर्दै

एकीकृत समाजवादी महाधिवेशन : १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव प्रस्तुत गर्दै

 |  बुधबार, असार १९, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १९, २०८१

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि सामूहिक छलफल गरिएको छ। महाधिवेशनमा प्रस्तुत राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमाथि १२ समूह बनाएर छलफल गरिएको हो। 

आज बिहान बस्ने बैठकमा दस्तावेजमाथि समूह नेताहरुले प्रस्तुति दिने कार्यतालिका छ। त्यसपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिने जनाइएको छ। 

बैठक आज बिहान ११ बजे बस्नेछ। एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ।  

प्रकाशित: Jul 03, 2024| 09:36 बुधबार, असार १९, २०८१
प्रतिक्रिया दिनुहोस्