शनिबार, भदौ ६, २०८३

मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई एमालेको आग्रह

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- नेकपा एमालेले सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आग्रह गर्ने भएको छ। 

मंगलबार ललितपुरको च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो। सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने बैठकले निर्णय गरेको बताइएको छ। 

सोमबार मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको थियो।

प्रकाशित: Jul 02, 2024| 19:34 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्