मंगलबार, पुस ८, २०८२

रोल्पा जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सातै जनाको परिचय खुलेको छ।

National life

घर्तीगाउँबाट तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जिप मंगलबार बेलुका माडी गाउँपालिका वडा नम्बर–४ परेवा छहरामा दुर्घटना हुँदा सात जनाको मृत्यु गएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी, ३० वर्षीया अमृता घर्ती र उनकी १८ महिनाकी छोरी रहेकी छन्। त्यस्तै परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको पनि मृत्यू भएको छ।

दुर्घटनामा घाइते भएका १० जनामध्ये छ जनालाई उपचारका लागि अरू अस्पताल रिफर गरिएको छ। घाइतेमध्ये खगेन्द्र बाँठाको रोल्पामै उपचार भइरहेको छ। सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

गुडिरहेको समयमा जिपमाथि पहिरो खसेको थियो। गाडी स्टार्ट भइरहेकै अवस्थामा चालकले ओर्लिएर गाडीमा ओट राख्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 02, 2024| 08:46 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्