सोमबार, चैत ३०, २०८२

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

 |  मंगलबार, असार १८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार १८, २०८१

काठमाडौं- सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ। यसअघि हेर्दाहेर्दैमा रहेकोले सर्वोच्चले आजका लागि सुनुवाइ तोकेको थियो।

National life

न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा श्रेष्ठको इजलासले लामिछानेसँग जोडिएको मुद्दाको सुनुवाइ असार १८ गते गर्न आदेश दिएको हो। निवेदकका कानुन व्यवसायीले बहस सकेका छन्। गृहमन्त्री लामिछानेका तर्फबाट बहस बाँकी छ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्ध रिट दायर गरेका हुन्। जेठ १४ गते दायर रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्न सक्ने दाबी गरिएको छ। प्राकृतिक न्यायको सिद्धान्त विपरीतसमेत रहने भन्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ।

रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ।

रिटमा महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्यायप्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ।

kumari

प्रकाशित: Jul 02, 2024| 07:39 मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्