आइतबार, मंसिर २८, २०८२

ओखलढुंगामा पहिरोले ५ परिवार विस्थापित, २३ परिवार जोखिममा

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

ओखलढुङ्गा- ओखलढुङ्गामा पहिरोले पाँच परिवार विस्थापित भएका छन्। अविरल वर्षाका कारण आज बिहान गएको पहिराले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका र २३ परिवार जोखिममा परेका हुन्।

National life

पहिराका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए।

सोही स्थानका अन्य २३ घर पनि जोखिममा छन्। जोखिमयुक्त घरपरिवारलाई सरसामान, पशुचौपायसहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको उनले बताए।

पहिराका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन्। पहिराले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका दुईवटा भैंसी, दुई राँगा र स्थानीय मिनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।


उनका अनुसार रतनेका भक्तबहादुर तामाङ, सिंहबहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मिनबहादुर तामाङको घर पहिराको जोखिममा रहेकाले पीडित परिवार, पशुचौपाय र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ।

Laxmi sunrise bank
kumari

पहिराले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटमार्फत निकालिएको विद्युत्‌मा पनि क्षति पुगेको छ। क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। यहाँ यसवर्ष पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 01, 2024| 20:32 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्