शनिबार, भदौ ६, २०८३

रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्तिको फैसला

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- बाल यौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार यो सजाय निर्धारण गरेको हो।

उनलाई १० वर्ष कैदको सजाय तथा ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन फैसला भएको हो। यसअघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो।

अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोगपत्र दायर गरेको थियो ।

बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन्।

प्रकाशित: Jul 01, 2024| 18:45 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्