शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कान्तिपुरसहित नौवटा टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा आरजुको उजुरी

कान्तिपुरसहित नौवटा टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा आरजुको उजुरी

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले भ्रामक समाचार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै प्रेस काउन्सिलमा उजुरी दिएकी छिन्।

तथ्यहीन र भ्रामक समाचार लेखेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै देउवाले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् ।

‘माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन/प्रसारण भएका समाचारहरू तथ्यहीन, भ्रामक रहेको र उहाँको चरित्र हत्या गर्ने मनसायले प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक, र समाचार तयार गर्ने सञ्चारकर्मीलाई कानुन अनुसार कारबाही गरी उक्त भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु,’ उनका  स्वकीय सचिव कमल रावलले दिएको उजुरीमा उल्लेख छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १५ मा पक्राउ परेका बेचन झासँग जोडेर आपत्तिजनक सामाग्री प्रसारण गरेको भन्दै आरजुले ती टेलिभिजनविरुद्ध काउन्सिलमा उजुरी दिएकी हुन्। कञ्चनपुरबाट पक्राउ परेका झामाथि बिचौलियालाई तत्कालीन गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको त भूमिका खेलेको आरोप छ।

झासँग जोडेर विभिन्न सञ्चारमाध्यमले आरजुको नाम जोडेका थिए। यस प्रकरणमा बेचनले आरजुको पनि नाम लिएका थिए। यही विषयमा आरजुले भ्रामक समाचार हटाएर चरित्र हत्या गर्ने मनासयले प्रकाशित-प्रशारण गरेका सञ्चारमाध्यामलाई कारवाही गर्न मागसहित उजुरी हालेकी हुन्।
  

प्रकाशित: Jul 01, 2024| 13:43 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्