मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • छोरीको म्यारिज एनिभर्सरी मनाउन अष्ट्रेलिया गएका वृद्धको कारको ठक्करबाट मृत्यु

छोरीको म्यारिज एनिभर्सरी मनाउन अष्ट्रेलिया गएका वृद्धको कारको ठक्करबाट मृत्यु

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

अष्ट्रेलियाको सिड्नीमा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ। आफ्नो छोरीको २५औं वैवाहिक वार्षिकोत्सवमा भाग लिन गएका ७९ वर्षीय वृद्धको आइतबार राति कारको ठक्करबाट मृत्यु भएको हो।

National life

उनको नाम र नेपालको ठेगाना भने खुलेको छैन। त्यहाँको प्रहरीले घटनामा संलग्न रहेको कार सार्वजनिक गरेको छ। अनुसन्धानमा संलग्न प्रहरीले घटनाका बारेमा जानकारी दिएर मद्दत गर्न सर्वसाधारणलाई अपिल गरेको छ।

प्रहरीले त्यहाँ रहेको सीसीटीभी फुटेज सार्वजनिक गर्दै कार ‘हिट एन्ड रन’मा संलग्न भएको देखाइएको छ। आइतबार राति सडकको छेउमा एक मानिस घाइते भएको सुनेपछि इमर्जेन्सी सर्भिसको टोली घटना भएको अबेल रोडमा आइतबार राति ११:४५ मा पुगेको थियो। स्वास्थ्यकर्मीले उनलाई बचाउने प्रयास गरे पनि सम्भव भएन।

विचलित अवस्थामा भएकी उनकी छोरीले बाबुलाई मद्दत नगरी भाग्ने चालकप्रति आक्रोश पोखेकी छन्। हिट एन्ड रनमा संलग्न रहेको कारको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको छ। सो फुटेज एउटा छिमेकीको घरबाट लिइएको थियो। घटनाको बारेमा कुनै सूचना मिलेमा  १८००३३३००० नम्बरमा क्राइम स्टप्पर्सलाई फोन गरेर जानकारी दिन प्रहरीले आग्रह गरेको छ।

डेली मेलबाट

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 01, 2024| 13:35 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्