शनिबार, भदौ ६, २०८३

पहिरोले पुरिँदा पाँच वर्षीय बालकको मृत्यु

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

सुर्खेत- जाजरकोटको भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय  प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए। प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ। घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jul 01, 2024| 13:09 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्