मंगलबार, पुस ८, २०८२

यसरी पुग्दैछ भान्सामा विषादी, स्वास्थ्यमा डरलाग्दो असर

 |  बिहीबार, असार ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

मुलुकमा भित्रिने कुल विषादीमध्ये ८० प्रतिशत मकवानपुरसहित बागमती प्रदेशका ६ जिल्लामा खपत हुने गरेको पाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले हेटौंडामा आयोजना गरेको बढ्दो विषादी न्यूनीकरण तथा पोषण सुधार कार्यक्रममा कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले यो तथ्य बाहिर ल्याएका हुन्। 

National life

नेपालमा आयात हुने कुल विषादीमध्ये ७० देखि ८० प्रतिशत मकवानपुर, धादिङ, काभ्रे र उपत्यकाका तीन जिल्लामा खपत हुने गरेको पौडेलले जानकारी दिए। डरलाग्दो यो तथ्यांक मात्र होइन, विषादीको प्रयोग पनि वर्षेनी बढदै गएको छ। नेपालमा वर्षेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको पौडलले तथ्यांक पेस गरे। उनका अनुसार सबैभन्दा बढी ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको छ।

किसानले कीरा नियन्त्रण गर्न मालाथियन, साइपरमेथ्रिन, फनभालरेट, डाइक्लोरोभस नामका विषादी प्रयोग गर्दै आएका छन्। यस्तै ढुसी नियन्त्रण गर्न म्यानकोजेव, कार्वान्डाइजिम, कपरओक्सी, क्लोराइड, वेनोमिल, डाइनेक्याप तथा झारपात नियन्त्रण गर्न न्यूटाक्लोरा, २–४ डी, पाराक्वाइट, ग्लाइकोसेटलगायतका विषादी प्रयोग गर्ने गरेका बाली संरक्षण अधिकृत पौडेलको भनाइ छ।

उनका अनुसार उत्पादन बढाउने नाममा देखासिकी, लहैलहै वा प्रतिस्पर्धामा जथाभावी विषादीको प्रयोग गर्दा कृषि उत्पादन लागतदेखि वायु, माटो र जल प्रदूषण बढेको छ। मानव स्वास्थमा पनि गम्भिर असर पर्दै आएको छ। जनस्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिझारले बढ्दो रासायनिक मल र विषादीको प्रयोगका कारण मानवमा क्यान्सर, ट्युमर, प्रजनन् स्वास्थ्यमा समस्या, सुस्त मनस्थिति, अपांगता भएका शिशु जन्मिने, वंशाणुगत परिवर्तन, उच्च रक्तचाप, श्वासप्रश्वास, कलेजोमा खराबीलगायत गम्भीर स्वास्थ्य समस्या बढ्दै गएको बताए। 

विषादीका कारण मानव स्वास्थ्य जोखिम परेकाले यसलाई नियन्त्रण गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै उनले किसान तथा आमजनतामा जीवनाशक विषादीको प्रयोगलाई निरुत्साहित गर्न सचेतना जगाउनुपर्ने आवश्यकता औंल्याए। 

Laxmi sunrise bank
kumari

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानले बढ्दो विषादी नियन्त्रणका लागि स्थानीय तहले आवश्यक बजेट तर्जुमा गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिए। किसानलाई अग्र्यानिक कृषि उत्पादनमा जोड दिन सीप र ज्ञानसम्बन्धी तालिम र अनुदान उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: Jun 20, 2024| 20:37 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्