बुधबार, पुस ९, २०८२

पाँच महिनामा आए पाँच लाख पर्यटक

 |  आइतबार, जेठ २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २०, २०८१

काठमाडौं- सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक नेपाल आउका छन्। जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ।

National life

पछिल्लो महिना मेमा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन्।

यस वर्ष पहिलो स्थानमा भारतीय पर्यटकको आगमन भएको छ। दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका  पर्यटक छन्।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वार्षिक १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ। नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ।

सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटक भने गणनामा पर्दैनन्।

Laxmi sunrise bank
kumari

सन् २०२४ को कुन महिना कति पर्यटक ?
जनवरी: ७९,१००
फेब्रुअरी: ९७,४२६
मार्च: १,२८,१६७
अप्रिल: १,११,३७६
मे: ९०,२११

 

प्रकाशित: Jun 02, 2024| 13:49 आइतबार, जेठ २०, २०८१
प्रतिक्रिया दिनुहोस्