शनिबार, भदौ २८, २०८२

गगनको भिडियो सन्देश- यसकारण रविको नाम नराख्न तयार भयो कांग्रेस 

 |  बिहीबार, जेठ १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जालझेल गरेर संसद अन्त्य गरेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समिति बनाउन तयार नहुने देखिएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी आफूहरू तयार भएको प्रष्ट पारेका छन्।

Kumaribank

बिहीबार एक भिडिओ सार्वजनिक गर्दै सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न छन् भनेर आफूहरूले उठाएको विषयमा छानबिन हुने निश्चित भएको बताए।

उनले भनेका छन्, ‘उहाँले संसदमा उभिएर अन्तर्राष्ट्रिय समिति बनाए पनि हुन्छ भन्नुभयो। तर, नाम नै तोकेर छानबिन समिति बनाउन मान्दै मान्नुभएन। उहाँले नमानेपछि हामीले सरकारले केही समय सदन पेलेरै जाने त्यसपछि संसद अन्त्य गर्ने अनि समिति नबनाउने देखियो, त्यसपछि हामीले साथीहरूसँग छलफल गर्‍यौँ। गोरखा मिडियामा रकम अपचलन गरेको तथ्य देखिएकै छ। त्यो कुरा स्पष्ट गरेपछि हामी तयार भएको हौँ। जालझेलको प्रयास भएपछि हामीले गोर्खा मिडियाको नाम र सहकारीको नाम राखेर हामी तयार भएका हौँ। रकम गएकै छ गैरकानूनी भइहाल्यो। त्यो काममा कोही न कोही त संलग्न भइहाल्नुहुन्छ।’

गोरखा मिडियाको अनुसन्धान गरेपछि रवि लामिछाने र जीवी राईको संलग्नता प्रष्ट हुने बताए। उनले समितिलाई निर्बाध रूपमा काम गर्न दिएर ठगी गर्नेमाथि कारबाही र बचतकर्ताको बचत फिर्ता गर्ने सुनिश्चितता हुनुपर्ने बताएका छन्।

Metro Mart

प्रकाशित: May 30, 2024| 18:40 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्