आइतबार, असार १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री दाहाल भन्छन्- एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै छ

प्रधानमन्त्री दाहाल भन्छन्- एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै छ

 |  बिहीबार, जेठ १७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १७, २०८१

vianetvianet

मोरङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तासमिकरणमै रहेको बताएका छन्। 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र उनले वर्तमान सत्तासमिकरणकै पक्षमा रहेको स्पष्ट पारे। 

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले सरकारले यही जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८१-८२ को बजेटमा विराटनगरमा चक्रपथ निर्माण, चिकित्साशास्त्र कलेज सञ्चालनलगायत कार्यक्रमसहित कोशी प्रदेशको मागलाई सम्बोधन गरिएको बताए। बजेटमा उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको प्रधानमन्त्री दाहालको भनाइ थियो। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले मधेश प्रदेशमा वर्तमान समिकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा राखे। ‘वर्तमान समीकरण अनुसारनै मधेश प्रदेशमा सरकार निर्माण हुन्छ’ उनले भने। 

प्रकाशित: May 30, 2024| 16:31 बिहीबार, जेठ १७, २०८१
प्रतिक्रिया दिनुहोस्