काठमाडौं- बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलको बैठक सुरू भएको छ।
मधेस प्रदेश सरकार लगायत समसामयिक विषयमा छलफल गर्न देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपालाई बोलाइएको बताइएको छ।
बैठकमा यसअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर पुगिसकेका छन्।