शनिबार, भदौ २८, २०८२

नेविसंघको आयोजनामा सहकारी पीडितमा आधारित सडक नाटक

 |  बुधबार, जेठ १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १६, २०८१

vianetvianet

काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी पीडितको व्यथामा आधारित सडक नाटक प्रस्तुत गरेको छ। नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले वसन्तपुर काष्ठमण्डप प्रांगणमा सडक नाटक प्रदर्शन गरेको हो।

Kumaribank

सडक नाटकमार्फत सहकारीबाट ठगिएका आम जनताको पीडा देखाइएको संघको भनाइ छ। पसिनाको कमाइ कसरी सहकारीहरूले हिनामिना गरे र कसरी आम मानिस मारमा परे भन्ने विषयलाई सडक नाटकमार्फत प्रस्तुत गरिएको हो।

संघले यसअघिदेखि नै सहकारी ठगीमा संलग्नलाई कारबाही र पीडितको रकम फिर्ताको माग गर्दै विरोध गर्दै आएको छ।

नेपाली कांग्रेसले गत आइतबार संसदीय छानबिन समितिको मुद्दालाई उठाएर काठमाडौंमा प्रदर्शन गरेको थियो । त्यसअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायत पनि यही विषयमा सडकमा उत्रिएका थिए।

प्रकाशित: May 29, 2024| 12:52 बुधबार, जेठ १६, २०८१
प्रतिक्रिया दिनुहोस्