सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बुधबारदेखि हुने एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा

 |  मंगलबार, जेठ १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबारदेखि आयोजना गर्न थालेका ‘राष्ट्रिय महिला भेला’को तयारी पूरा भएको छ। 

triton college

सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिए। भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागी हुनेछ। 

एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ। भेला जेठ १६ र १७ गते सञ्चालन हुनेछ। 

भेलामा सहभागीहरुले १२ समूह विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने एमालेका केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।

प्रकाशित: May 28, 2024| 21:17 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्