बिहीबार, पुस १०, २०८२

बजेट भाषण ३ बजेलाई सर्‍यो

 |  मंगलबार, जेठ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १५, २०८१

काठमाडौं- आज मंगलबार दिउँसो १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक तीन बजेका लागि सरेको छ। आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ।

National life

सदन बस्नुअघि दिउँसो दुई बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ। मन्त्रिपरिषद्‍बाट बजेट पारित भएको बजेट अर्थमन्त्री वर्षमान पुनले संसद्‍मा बाचन गर्नेछन्।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको हो।

सोमबार कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउनेछन्। योसँगै सदनको गतिरोध खुलेको छ।

प्रकाशित: May 28, 2024| 11:46 मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्