काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ। पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन्।
सरकारले बजेट ल्याउने दिन आफ्नो रणनीति बनाउन बैठक बोलाइएको हो। गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै कांग्रेसले संसद्मा विरोध गरिरहेको छ।
सभामुखले भने विपक्षीको बेवास्ता गर्दै बलपूर्वक बैठक चलाइरहेका छन्। यस्तो अवस्थामा कांग्रेसले के गर्ला भन्ने चासो छ।