बिहीबार, फागुन १४, २०८२

यस्तो छ प्रकाश सपुतको फिल्म 'वसन्त' को ट्रेलर

 |  सोमबार, वैशाख २४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २४, २०८१

काठमाडौं- चर्चित गायक-कलाकार प्रकाश सपुतले फिल्म ‘वसन्त’निर्देशन गर्ने भएका छन्। 

National life

आइतबार पत्रकार सम्मेलन गर्दै सपुतले जातीय विभेद र वर्ण व्यवस्थाको कथावस्तुमा आधारित फिल्म निर्देर्शन गर्ने घोषणा गरेका हुन्। ‘परदेशी २’बाट फिल्म अभिनयमा डेब्यु गरेका सपुत 'वसन्त' मा मुख्य भूमिकामा हुनेछ्। सपुतसँग स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेको पनि अभिनय हुनेछ।

फिल्मको छायांकन आगामी भदौदेखि सुरु हुने भएको छ। प्रदर्शन मिति भने आगामी चैते दशैंलाई तय गरिएको छ। फिल्मको बजेट तीन करोड रुपैयाँ हुने सपुतले जनाएका छन्। 

म्युजिकल फिल्ममा सफल सपुत फिचर फिल्ममा खरो उत्रेलान् कि नउत्रेलान् त्यो हेर्न भने अझै करिब एक वर्ष कुर्नुपर्नेछ।

प्रकाशित: May 06, 2024| 10:22 सोमबार, वैशाख २४, २०८१
प्रतिक्रिया दिनुहोस्