आइतबार, जेठ २५, २०८२

म्युजिकल फिल्ममा सफल प्रकाश सपुत फिचर फिल्ममा होमिए

 |  आइतबार, वैशाख २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

vianetvianet

काठमाडौं- म्युजिकल फिल्ममा सफल कलाकार-संगीतकर्मी प्रकाश सपुतले फिचर फिल्म बनाउने भएका छन्। उनले आफ्नै निर्माण र निर्देशनमा पहिलोपटक फिल्म बनाउन लागेको जानकारी दिएका छन्।

आज राजधानीमा एक कार्यक्रम आयोजना गरी सपुतले आफूले बनाउन लागेको चलचित्रबारे जानकारी दिएका हुन्। उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘वसन्त’ हो। मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचनले मिलेर निर्माण गर्न लागेको चलचित्रमा दलित युवकको प्रेम कथालाई समेटिएको छ।

चलचित्रमा उनी स्वयं फिचर्ड छन्। उनलाई स्क्रिनमा नायिका स्वस्तिमा खड्काले साथ दिँदैछिन्। गलबन्दी प्रडक्सनको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्र गायक सपुतले निर्देशन गर्न लागेको पहिलो चलचित्र हो।

चलचित्रको कथा गायक सपुत स्वयंको हो। सुनिल विक मुख्य सह–निर्देशक रहने चलचित्रमा प्रकाश सपुतले नै संगीत भर्नेछन्। चलचित्र २०८१ सालको चैते दशैंमा रिलिज हुने उनले बताएका छन्।

प्रकाशित: May 05, 2024| 16:29 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्