सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • नेपाली हिपहप म्युजिकको प्रशंसा गर्दै बादशाहले लिए यमबुद्ध र भिटेनको नाम

नेपाली हिपहप म्युजिकको प्रशंसा गर्दै बादशाहले लिए यमबुद्ध र भिटेनको नाम

 |  शुक्रबार, वैशाख २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २१, २०८१

काठमाडौं- भारतीय हिपहप स्टार बादशाहले नेपाली हिपहप संगीतको प्रशंसा गरेका छन्।

हालै प्रशारित एक पडकास्टमा उनले यमबुद्ध र भिटेनको नाम लिएर नेपाली हिपहपको प्रशंसा गरेका हुन्।

‘नेपाली म्युजिक किलर छ। त्यहाँको हिपहप दृश्य पनि जबर्जस्त छ। तपाईंले यमबुद्धबारे सुन्नुभएको छ? उनी र्‍याप गर्थे, उनको निधन भइसकेको छ। अहिले पनि एक-दुई जना छन्। भिटेन पनि एक हुन्। उनीहरु हिपहपकै जीवन बाँचिरहेका छन्,’ उनले भनेका छन्।

नेपाली हिपहप संस्कृति आफूलाई मन पर्ने बताउँदै बादशाहले पछिल्लो गीतमा आफूले नेपाली ट्यालेन्ट प्रजिनासँग सहकार्य गरेको सुनाए। ‘नेपाली ट्यालेन्टसँग काम गर्न मजा आउँछ,’ उनले भने। बादशाहले आफ्नो गीत रिलिज हुँदा सुरुमा नेपाल र बंगलादेशमा ट्रेन्डिङमा पर्ने बताए। 

उनले नेपाल र भारतबीच धेरै कुरामा समानता रहेको पनि बताएका छन्। ‘मलाई नेपाल मनपर्छ। यो निकै सुन्दर थलो हो। नेपाल र भारतबीच धेरै कुराको समानता छ,’ उनले भने ।

प्रकाशित: May 03, 2024| 12:41 शुक्रबार, वैशाख २१, २०८१
प्रतिक्रिया दिनुहोस्