शुक्रबार, वैशाख २१, २०८१

भोजनबारे के छन् शास्त्रका नियम ?

 |  सोमबार, माघ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ २९, २०८०

खानेकुराले हामीलाई बल त दिन्छ नै, रुप र गुणका लागि पनि सही भोजन र सही तरिका आवश्यक पर्छ। भोजन स्वादका लागि मात्र खाने चिज होइन। त्यसैले त प्राचिन शास्त्रहरुमा भोजनको नियमहरु उल्लेख गरिएको छ। यी नियमहरु वैज्ञानिक पनि छन्।

triton college

भोजनबारे कुन शास्त्रले के भन्छ ?

भोजन सधैं एकान्तमा गर्नुपर्छ। - स्कन्द पुराण

भोजन गर्नुअघि दुवै हात, दुवै गोडा र मुख धुनुपर्छ।- पद्म पुराण

भोजन गर्ने समयमा मौन रहनुपर्छ।- स्कन्द पुराण

corrent noodles
Metro Mart

पस्किएको खानेकुराको निन्दा गर्नु हुँदैन। जस्तो देखिए पनि, जस्तो स्वाद भए पनि प्रेमपूर्वक ग्रहण गर्नुपर्छ। - उपनिषद्

रातमा भरपेट भोजन गर्नु हुँदैन। - स्कन्द पुराण

सुत्ने ठाउँमा भोजन गर्नु हुँदैन। हातमा लिएर पनि खानेकुरा खानु हुँदैन। थाल-कचौरामा राखेर खानुपर्छ।- मनुस्मृति

धेरै थकाइ लागेको छ भने केहीबेर आराम गरेर मात्र भोजन गर्नुपर्छ। थकानमा खाँदा ज्वरो आउने वा बान्ता हुने सम्भावना हुन्छ। - नीतिवाक्य

जूठो खानेकुरा कसैलाई दिनु हुँदैन र आफू पनि खानु हुँदैन। भोजनपछि जूठो मुख लिएर कतै जानु हुँदैन। - मनुस्मृति

कोही आफैं भोको छ र भोजन अफर गरिरहेको छ भने ग्रहण गर्नु हुँदैन। त्यसैगरी जो तपाईंप्रति प्रेम-स्नेह राख्दैन, उसले दिएको पनि खानु हुँदैन। - चरक संहिता

खानेकुरा काखमा राखेर खानु हुँदैन। - कुर्म पुराण

अँध्यारोमा, खुला आकाशमा, मन्दिरमा भोजन गर्नु हुँदैन। यसैगरी एउटामात्रै वस्त्र लगाएर, सवारीसाधनमा बसेर, जुत्ता-चप्पल लगाएर, हाँस्दै वा रुँदै पनि भोजन ग्रहण गर्नु हुँदैन। - कुर्म पुराण
     

प्रकाशित: Feb 12, 2024| 21:30 सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्