शनिबार, साउन ३, २०८२

सुरु भयो सिद्धबाबा सुरुङको काम

 |  शुक्रबार, माघ ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ५, २०८०

vianetvianet

काठमाडौं- ठेक्का सम्झौता भएको २२ महिनापछि बुटवल–पाल्पा जोड्ने सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम सुरु भएको छ। १.१२६ किलोमिटर लम्बाइको सुरुङ गत सातादेखि खन्न थालिएको हो।

ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ। सुरुङ मार्गको ठेक्का सम्झौता २०७८ फागुन २५ गते भएको थियो।  सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ।

कर्पोरेसनले प्लानिङ, डिजाइन, इन्जिनियरिङ, प्रोक्रुरमेन्ट, कन्स्ट्रक्सन, कमिसनिङ एन्ड अपरेसन एन्ड मेन्टिनेन्स मोडलमा पाएको हो। यो निर्माण कम्पनीले निर्माण सम्पन्न गरेसँगै पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मेवारी पनि पाएको छ।

बुटवल–तानसेन सडक खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउदेखि दोभानसम्म सुरुङ खन्न लागिएको हो। यो सुरुङमार्ग दुई लेन अर्थात् साढे सात मिटर चौडा हुनेछ।

ठेकेदार कम्पनीले सुरुङ मार्गसँगै सात सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचनासमेत तयार पार्नुपर्नेछ। अहिलेको सडकलाई दुई लेनमा बिस्तार गरिनेछ। सिद्धबाबा टनेलको दुवै पोर्टलको स्लोब स्टेबलाइजिङ कार्य र सब होरिजेन्टल कंक्रिट स्ल्याबको डिजाइन ड्रइङहरू स्विस कन्सल्ट्यान्टबाट सिफारिस भई सडक विभागबाट स्वीकृत भइसकेको छ।

सिद्धबाबा सुरुङ मार्गको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोडमा पाएको हो। सुरुङ मार्गको प्राविधिक छनोटमा चारवटा कम्पनी परेका थिए। प्राविधिक प्रस्ताव पेस गरेका मध्ये सबैभन्दा कम कबोल गर्ने चाइना स्टेट छानिएको हो।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रीस्तरीय निर्णय गरी सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए।
सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको खण्डमा अत्यधिक मात्रामा पहिरोको जोखिम छ। सो खण्डमा हिउँद र बर्खा याममा समेत पहिरोको कारण बर्सेनि दर्जनौंले ज्यान गुमाइरहेका छन्।

 

प्रकाशित: Jan 19, 2024| 14:09 शुक्रबार, माघ ५, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।