बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन शोरुम सितापाइलामा

जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन शोरुम सितापाइलामा

 |  बिहीबार, माघ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ४, २०८०

जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सितापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ गरेको छ।

National life

जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रम बीच शोरुमको समुदघाटन गरेका थिए। उक्त अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ लगायत अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

‘माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन’ को नामबाट संचालित शोरुममा जेके टायरका सबै किसिमका हेभी इक्विपमेन्ट, कन्स्ट्रक्सन तथा इन्डष्ट्रीमा प्रयोग हुने टायरहरु उपलब्ध हुने जनाइएको छ। हेभी इक्विपमेन्ट तथा मेसिनमा प्रयोग अनुसारको टायर परामर्श, क्लेम सेटलमेन्ट तथा आफ्टर सेल्स सर्भिस उपलब्ध हुने जेके ओटीआरका जोनल हेड शुभम प्रसादले जानकारी दिए।

नेपाल तथा दक्षिण एसियाकै जेकेको पहिलो एक्सक्लुसिभ ओटीआर शोरुम भएको र यसले सबै मेसिन तथा इक्विपमेन्ट टायरको बढ्दो माग पुरा गर्ने जानकारी डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका डाइरेक्टर विक्रम सिंघानियाले दिए।

अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन्। कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायरदेखि भारतको सबैभन्दा ठूलो ४०.००-५७ साइज, करिव ३ हजार ४ सय किलोग्राम तौल र १२ फिट व्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ।

kumari

जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो। हाल यसका भारतमा ९ र मेक्सिकोमा ३ गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिक रुपमा ३ करोड ५० लाख युनिट भन्दा बढी टायर उत्पादन हुन्छन्। विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिष्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ।

प्रकाशित: Jan 18, 2024| 14:23 बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्