बुधबार, पुस २, २०८२

घरजग्गा कारोबार बढ्यो

 |  बुधबार, माघ ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३, २०८०

काठमाडौं– चालु आर्थिक वर्षको मंसिरदेखि घरजग्गा कारोबार बढेको छ। आवको पहिलो महिना साउनदेखि झिनो वृद्धि भई असोजमा ह्वात्तै बढेर कात्तिकमा घटेको कारोबार मंसिरदेखि फेरि लयमा फर्किन थालेको हो।

National life

कात्तिकमा भने दुई ठूला चाडका कारण सरकारी कार्यालय धेरै दिन बन्द हुँदा जग्गा कारोबार कम भएको थियो। कात्तिकमा जग्गा कारोबारबाट दुई अर्ब १६ करोड रुपैयाँ राजस्व उठेकोमा मंसिरमा दुई अर्ब ८६ करोड पुगेको छ। पुसमा तीन अर्बभन्दा बढी राजस्व यो क्षेत्रबाट उठेको छ।

गत आवमा जग्गा कारोबारमा मन्दी देखिएको थियो । यसले गर्दा समग्र आर्थिक क्रियाकलापमा नै असर परेको थियो। सरकारले जग्गाको कित्ताकाट खुलाएपछि देशभरका मालपोत कार्यालयमा कारोबार बढेको हो। चालु आवको पुससम्म ७ लाख १९ हजार जग्गा कारोबार हुँदा १८ अर्ब २५ करोड राजस्व संकलन भएको छ। 

चालु आवको साउनमा १ लाख १९ हजार ३२४ जग्गा कारोबार हुँदा २ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ। भदौमा १ लाख २० हजार ३८१ कारोबार हुँदा राजस्व ३ अर्ब ४ करोड पुगेको छ। असोजमा १ लाख ४० हजार कारोबार हुँदा ४ अर्ब ८ करोड राजस्व संकलन भएको थियो। कात्तिकमा भने कारोबार घटेर ७७ हजारमा सीमित हुँदा राजस्व पनि २ अर्ब १६ करोडमात्र संकलन भएको थियो।

मंसिरमा १ लाख २७ हजार कारोबार हुँदा २ अर्ब ८६ करोड राजस्व संकलन भएको थियो। यसैगरी पुसमा एक लाख ३६ हजार कारोबार हुँदा ३ अर्ब २ करोड राजस्व संकलन भएको छ। 

Laxmi sunrise bank
kumari

हाल देशभर १७ हजारभन्दा बढी रियलस्टेट व्यवसायबाट यस क्षेत्रमा २ खर्ब ७८ अर्ब रुपैयाँ लगानी रहेको व्यवसायीले जनाएका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार घरजग्गाको कारोबार गर्न व्यवसायीले विभिन्न समयमा २ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन्।

प्रकाशित: Jan 17, 2024| 11:10 बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्