आइतबार, जेठ ६, २०८१

कञ्चनपुरमा आजदेखि जलपक्षी गणना सुरु

 |  शनिबार, पुस २१, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, पुस २१, २०८०

कञ्चनपुर- यहाँ आजदेखि जलपक्षी गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण संघ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत संघसंस्थाले जलपक्षी गणना थालेका हुन्।

triton college

जलपक्षी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराले बताए। उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपक्षी गणना हुनेछ।

निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपक्षी गणना हुने चराविज्ञ डगौराले बताए। जलपक्षी गणनामा ‘वाइनाकुलर टेलिस्कोप’ र ‘जीपीएस’सहितको क्यामेराको प्रयोग गरिने छ। 'हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमै गणना हुन्छ', उनले भने, 'स्थलगत रुपमा हिँडेर पुग्न नसकिने ठाउँमा डुंगा र हात्तीमा चढेर जलपक्षी गणना गर्छौँ।'

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपक्षी गणना हुँदै आएको छ। गणनाका क्रममा तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ। कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपक्षी गणनको कार्य हुने डगौराले जानकारी दिए।

कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० बढी प्रजातिका चरा बसाइँ सरेर साइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन्। रैथाने प्रजातिका जलपक्षीसमेत यहाँ रहेका छन्। उनका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन्।

corrent noodles
Metro Mart

चैतदेखि जेठसम्म पुनः पन्छी साइबेरियालगायत क्षेत्रमा फर्कने गरेका छन्। नेपालमा आठ सय ७७ प्रजातीका चरा पाइने गरेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका चार सय २३ प्रजातिका चरा पाइने गरेका छन्। नेपालमा सन् १९८७ देखि नियमित रुपमा जलपक्षी गणना हुँदै आएको छ।

प्रकाशित: Jan 06, 2024| 15:31 शनिबार, पुस २१, २०८०
प्रतिक्रिया दिनुहोस्