मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • परराष्ट्रमन्त्री साउदले भने- वैदेशिक व्यापारका चुनौती सामना गर्न क्षेत्रीय संगठनको आबद्धता सहयोगी

परराष्ट्रमन्त्री साउदले भने- वैदेशिक व्यापारका चुनौती सामना गर्न क्षेत्रीय संगठनको आबद्धता सहयोगी

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक व्यापारमा नेपालका लागि थुप्रै चुनौती रहेको भन्दै त्यसको सामना गर्न क्षेत्रीय संगठनको आवद्धता सहयोगी हुने बताएका छन्।

National life

नीति अनुसन्धान प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको बिमस्टेकको भाबी कार्यदिशा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल पनि एसिया क्षेत्रमा स्थापना भएका संगठनहरूमा सदस्यता प्राप्त गरी संवाद र सहकार्य गर्दै आएको बताए।

‘भू–परिवेष्ठित मुलुक भएका कारण वैदेशिक व्यापारसँग सम्बन्धित नेपालका विशिष्ट चुनौती छन् र अल्पविकसित मुलुक भएको कारण आर्थिक विकाससँग सम्बन्धित अनेकौँ चुनौती हामीले सामना गरिरहेका छौँ’, मन्त्री साउदले भने, ‘यी चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठन भित्रको अर्थपूर्ण आबद्धता हाम्रा लागि सहयोगी हुने कुरामा दुईमत छैन।’ 

उनले आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुकहरू आ–आफ्ना क्षेत्रमा संगठित हुँदै आएको उल्लेख गरे।

उनले क्षेत्रीय फोरमहरूमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्ने नेपालको परराष्ट्र नीति रहेको भन्दै त्यसै अनुरूप नेपाल सार्क, बिमस्टेक र एसियाली सहयोग संवाद जस्ता एसिया क्षेत्रमा रहेका संगठनहरूलाई उपयोग गरी आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने कार्यमा सक्रिय रहँदै आएको बताए।

Laxmi sunrise bank
kumari

नेपालले दक्षिण एसिया र दक्षिण पूर्व एसियाका मुलुकहरूलाई जोड्ने बिमस्टेक क्षेत्रलाई महत्व दिँदै आएको साउदको भनाइ छ। उनले बिमस्टेक सहयोगका क्षेत्रहरूलाई प्रत्येक सदस्य राष्ट्रले एक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी सात सहयोगका क्षेत्रहरू पुनर्संरचना गरिएको समेत जानकारी दिए।

‘व्यापार तथा लगानी, कृषि, कनेक्टिभिटी, जलवायु परिवर्तन, सुरक्षा, विज्ञान तथा प्रविधि, जनस्तरको सम्बन्ध जस्ता पुर्नगठित क्षेत्रहरूमध्ये नेपालले जनस्तरको सम्बन्ध क्षेत्रको नेतृत्व गरिरहेको छ’, उनले भने।

बिमस्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्न र सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रवुद्ध व्यक्तिहरूको समूह) गठन गरिएको साउदले जानकारी दिए। नेपालका तर्फबाट बिमस्टेक ईपीजीमा पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई मनोनयन गरिएको समेत उनले जानकारी दिए।

बिमस्टेक स्थापना भएको २६ वर्ष पुगिसकेको छ। स्थापनाको सुरुवाती चरणमा एक मुभमेन्टका रूपमा सदस्य राष्ट्रहरूबीच आपसी हितका क्षेत्रहरूमा सहकार्य रहिआएकोमा सन् २०१८ मा काठमाडौंमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनका क्रममा भएको छलफल पश्चात् यसको कानूनी, संस्थागत तथा नीतिगत संरचनाहरू तयार हुने चरणमा रहेका छन्।

बिमस्टेक सहयोगका क्षेत्रहरूलाई प्रत्येक सदस्य राष्ट्रले एक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी सात सहयोगका क्षेत्रहरूमा पुनःसंरचना गरिएको छ। व्यापार तथा लगानी, कृषि, कनेक्टिभिटी, जलवायु परिवर्तन, सुरक्षा, विज्ञान तथा प्रविधि, जनस्तरको सम्बन्ध जस्ता पुर्नगठित क्षेत्रहरू मध्ये नेपालले जनस्तरको सम्बन्ध क्षेत्रको नेतृत्व गरिरहेको छ।

प्रकाशित: Dec 28, 2023| 15:20 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्