शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पशुपतीमा लक्ष्मी पुनको नियुक्ति विवादपछि संसदीय समितिले माग्यो कागजात 

पशुपतीमा लक्ष्मी पुनको नियुक्ति विवादपछि संसदीय समितिले माग्यो कागजात 

 |  बिहीबार, पुस १२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १२, २०८०

काठमाडौं- संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिबारेको कागजात माग गरेको छ।

सत्तारुढ नेकपा माओवादी केन्द्रकी नेतृ पत्रकार लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशक बनाउने क्रममा पेश गरिएका कागजात उपलब्ध गराउन समितिले बिहीबार सम्बन्धित पक्षलाई निर्देशन दिएको हो। 

समितिको बैठकमा विभिन्न दलका सांसदहरूले पुनलाई पशुपति क्षेत्र विकास कोषको निर्देशकमा गरिएको नियुक्तिबारे प्रश्न उठाएका थिए। समितिको बैठकपछि निर्णय सुनाउँदै सभापति राजकिशोर यादवले ३ दिनभित्र कागजात उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोशलाई निर्देशन दिए।

गत ४ पुसमा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।

पुनलाई विशिष्ट श्रेणी (नेपाल सरकारको सचिव) सरह सेवा सुविधा पाउने गरी चार वर्षका पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएपछि विवाद भइरहेको छ।

पुन माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा प्रेस संयोजक भएकी थिइन्। उनी सत्तारुढ माओवादी केन्द्रकी केन्द्रीय सदस्यसमेत छन्। 

प्रकाशित: Dec 28, 2023| 14:28 बिहीबार, पुस १२, २०८०
प्रतिक्रिया दिनुहोस्