मंगलबार, पुस १, २०८२

जवानको तलब हिनामिना गरेका पूर्वडीआईजी शाह भ्रष्टाचारी ठहर

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

काठमाडौं- विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चार जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रितेन्द्र थापा र तेजनारायण सिंह राईको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। सजाय निर्धारण गर्न भने बाँकी छ।

National life

सेवाबाट अवकाश पाएलगत्तै शाहविरुद्ध प्रहरी जवानहरुको तलब हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते मुद्दा दायर गरेको थियो। चार वर्षपछि अदालतले चारै जनालाई दोषी ठहर गरेको हो।

दोषी ठहर हुनेमा शाह, तथा लेखापाल दिपेन्द्र सिंह पनेरु, लेखा सहायक केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशंखे छन्। २०७२ वैशाखमा प्रहरी जवान पदमा नयाँ भर्ना र २०७२ पुस २२ गते तालिम समापन भएको थियो। प्रहरी प्रधान कार्यालयको २०७२ माघ ११ गते गतेको पत्रले माघ महिनादेखिको तलब-भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवान सरुवा भएका थिए।

तालिम केन्द्रका समादेशक शाह, लेखापाल पनेरु र लेखा सहायक ऐरी समेतको मिलेमतोमा सरुवा भइसकेका प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलब भत्ता खर्च लेखी नगद निकाली भ्रष्टाचार गरेको अभियोग उनीहरुमाथि लगाइएको थियो।

सरुवा भएका १०३ जना प्रहरी जवानहरुको दुई महिनाको तलब भत्ता ३१ लाख ८८ हजार रुपैयाँ र १ सय ४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्तिको दुई दिनको एक लाख ४९ हजार ६३३ रुपैयाँ रकम हिनामिना गरेको आरोप अख्तियारको थियो। यही आरोप अदालतबाट प्रमाणित भएको हो।

Laxmi sunrise bank
kumari

साहित्यकारका रुपमा स्थापित रहेका शाहको 'छापामारको छोरो'ले २०६३ सालको मदन पुरस्कार पाएको थियो।

प्रकाशित: Dec 27, 2023| 20:55 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्