मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सेनाको हेलिकप्टरसँग प्रचण्ड परिवारको तस्बिर, के हो वास्तविकता ?

सेनाको हेलिकप्टरसँग प्रचण्ड परिवारको तस्बिर, के हो वास्तविकता ?

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

काठमाडौं- नातिनीको खर्चिलो विवाह गरेको भनेर आलोचना खेपिरहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि फेरि आलोचना थपिएको छ। सेनाको हेलिकप्टरसँग नवविवाहित नातिनी ज्वाइँसहित प्रचण्ड परिवारको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जाल तातेको छ।

National life

बुधबार सार्वजनिक भएको तस्बिर प्रचण्डका ज्वाइँको गृहजिल्ला गोरखाको हो। तस्बिरमा प्रचण्डको परिवारसँगै उनको ज्वाइँको परिवार पनि अटाएको छ। प्रधानमन्त्री प्रचण्डले हिजोमात्रै आफू सुशासनको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए। साथै आफू काममा दत्तचित्त हुने र फजुल काममा समय नखर्चिने बताएका थिए।

उनको सचिवालयले भने गोरखा पुगेका बेला प्रचण्ड निर्वाचन क्षेत्र गोरखा पुगेको बेला आफन्तसँग भेट भएको र त्यतिबेला लिइएको तस्बिर भए पनि सामाजिक सञ्जालमा गलत ढंगले अफबाह फैलाउने कार्य भएको बताएको छ। प्रचण्डका निजी सचिव रमेश मल्लले फेसबुकमा स्टाटस लेख्दै यस्ता गलत भ्रम फैलाएर प्रधानमन्त्रीको राजनीतिक प्रतिवद्धतालाई कमजोर पार्न कोशिस भइरहेको र यस्ता गलत सूचनाको भ्रममा नपर्न अनुरोध गरेका छन्।

उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू आज आफ्नो निर्वाचन क्षेत्र गोरखा कार्यक्रममा गएको बेला आफन्तसँग भेट भएको र त्यतिखेर लिएको तस्वीरलाई लिएर सामाजिक सञ्जालमा गलत ढंगले अफवाह फैलाउने काम भैरहेको छ। यसता गलत सूचना फैलाएर सम्माननीय प्रधानमन्त्रीज्यूको राजनीतिक प्रतिबद्धतालाई कमजोर पार्ने कोशिस भइरहेको छ। यस प्रकारको गलत सूचनाको भ्रममा नपर्न हामी सबैमा हार्दिक आग्रह गर्दछौं।’

प्रकाशित: Dec 27, 2023| 20:45 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्