मंगलबार, कात्तिक ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अदालतमा बयान फेर्ने जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ लाख बिगो दाबी 

अदालतमा बयान फेर्ने जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १८ लाख बिगो दाबी 

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० का खीलेन्द्र सिंह जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

खीलेन्द्रले घुससम्बन्धी मुद्दामा अदालतमा गई बयान फेरेका कारण उनीविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार अख्तियारले मुद्दा दायर गरेको हो। 

दायर गरिएको मुद्दामा अख्तियारले खीलेन्द्रसँग १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ। वादी नेपाल सरकार प्रतिवादी रुपन्देहीको बुटवलस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा खीलेन्द्रलाई साक्षीको रूपमा पेस गरिएको थियो। 

उनले अख्तियारका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी विशेष अदालत काठमाडौंसमक्ष वकपत्र गरेपछि उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

प्रकाशित: Dec 27, 2023| 18:05 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दसैं महिमा: नाम एक, महत्त्व अनेक

दसैं पर्वलाई दानवी शक्तिमाथि विजय हासिल गरेको दिनको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ। ठूलाबडा र मान्यजनबाट टीका...