शुक्रबार, भदौ १९, २०८३

ओस्कर विजेता फिल्म 'प्यारासाइट' अभिनेता ली सुन-क्यु मृत फेला

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

काठमाडौं- ओस्कर विजेता फिल्म 'प्यारासाइट' अभिनेता ली सुन-क्यु मृत भेटिएका छन्। दक्षिण कोरियाली अभिनेता ली पार्किङ गरिएको कारमा मृत भेटिएका हुन्।

उनी कारको प्यासेन्जर सिटमा मृत भेटिएको बीबीसीले जनाएको छ। उनले आत्महत्या गरेका हुन् वा मारिएका हुन् भन्ने यकिन भइसकेको छैन। उनी वर्षको सुरुवातमा ड्रगको प्रयोगलाई लिएर प्रहरी अनुसन्धानमा थिए।

उनले बारकी महिला कामदारसँग ड्रग लिइरहेको भेटिएको आरोप थियो। उनले आफूलाई ड्रगबारे थाहा नभएको बताउँदै आएका थिए। तर प्रहरीले उनको घरमा पटक-पटक छापा मारेको थियो।

ड्रग टेस्ट भने नेगेटिभ आएको थियो। यही झमेलाले उनी आफ्नो ख्यातिमा हानी भएकोले मानसिक रुपमा विक्षिप्त रहेको बताइएको छ। लीका दुई सन्तान छन्।

प्रकाशित: Dec 27, 2023| 13:04 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्