शुक्रबार, भदौ १९, २०८३

बागलुङ कालिकमा पूजा गरे राष्ट्रपति पौडलले

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

ढोरपाटन (बागलुङ)- राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेका छन्। सातौं बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजा आराधाना गरेका हुन्।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरे।

राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार आइपुगेका थिए। राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालल लगायतको टोलीले स्वागत गरेका थिए।

प्रकाशित: Dec 27, 2023| 11:56 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्