आइतबार, असार १४, २०८३

के तपाईंको शरीरले खानाबाट पोषक तत्व पाएको छ ?

सधै स्वस्थ रहनका लागि शुद्ध र ताजा आहार लिनुपर्छ। हामी जति स्वस्थ खाना खान्छौं शरीर त्यत्ति नै स्वस्थ रहन्छ। स्वस्त भोजन भनेको सन्तुलित आहार हो।
 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

काठमाडौं- सधै स्वस्थ रहनका लागि शुद्ध र ताजा आहार लिनुपर्छ। हामी जति स्वस्थ खाना खान्छौं शरीर त्यत्ति नै स्वस्थ रहन्छ। स्वस्त भोजन भनेको सन्तुलित आहार हो।

National life

केही मानिसले स्वस्थ खाना खाँदाखाँदै पनि स्वास्थ्य समस्याको सामना गरिरहेका हुन्छ। विशेषज्ञका अनुसार हामीले खाने खानबाट पोषकतत्व प्राप्त भइरहेको भन्ने हुँदैन। त्यसैले स्वास्थ्यमा उत्पन्न हुने लक्षणमा ध्यान दिनुपर्छ।

धेरै मानिसमा पेट सफा नहुने समस्या हुन्छ। यस्तो अवस्थामा दिशाको माध्यमबाट हाम्रो शरीरमा रहेको मल बाहिर  आउन पाउँदैन। र, पेटमा थुप्रै समस्या हुनसक्छन्। यो पेटमा पोषक तत्वको संकेत हुनसक्छ।

यस्तै शरीरमा कहिँ चोटपटक लाग्दा चाडो घाउ निको नहुने पनि आहारकै कमीले हुनसक्छ। यस्तो अवस्थामा हाम्रो शरीरमा भिटामिन सीको कमी छकि भनेर बुझ्नुपर्छ। भिटामिन सीले इम्युनिटी बढाउनुका साथै सुन्निने समस्याबाट जोगिनसकिन्छ।

कपाल झर्नु पनि आहारमा कुनै तत्वको कमी भएको संकेत हो। सामान्य रुपमा सबैको कपाल झर्छ। तर, त्यो क्रम अधिक भयो भने शरीरमा आइरनको कमी भएको लक्षण हुनसक्छ। यसका साथै कमजोरी महसुस हुनु, रिगटा लाग्नु पनि शरीरमा आइरनको कमी भएको हुनसक्छ। यस्तो अवस्थामा व्यवास्था गर्नु हुँदैन।

Shivam cement

हड्डिमा दुखाई हुनु भिटामिन डी र क्याल्शियम जस्ता पोषक तत्वको कमी हो। विषेशज्ञका अनुसार यो शरीरका लागि निकै आवश्यक पोषक तत्व हो। जसले हड्डिलाई बलियो बनाउँछ। त्यसैले शरीरलाई स्वस्थ राख्नका लागि पोषक तत्वको आवश्यक हुन्छ।

अनुहारको चमक हराउनु पनि खानामा पोषक तत्वको कमी हुनु हो। राम्रो आहार खाँदा खाँदै पनि शरीरले पोषक तत्व लिन सकिरहेको छैन भने अनुहारको चमक हराउँछ। शरीरमा भिटामिन के, ई र पोटाशियमको कमी हुँदा यस्तो समस्या देखिन्छ। त्यसैले यस्ता लक्षणमा ध्यान दिँदै केही समस्या देखिए चिकित्सकको परामर्श लिनुपर्छ।

प्रकाशित: Dec 27, 2023| 05:21 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्