सोमबार, मंसिर २९, २०८२

कारको ठक्करबाट पोखरामा दुई पैदल यात्रीको मृत्यु

 |  मंगलबार, पुस १०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १०, २०८०

National life
Laxmi sunrise bank
kumari

गण्डकी- कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ।

बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि कारचालक फरार छन्। निजको खोजी भइरहेको र कारलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 26, 2023| 10:00 मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्