शुक्रबार, भदौ १९, २०८३

एकीकृत घुम्ती सेवा शिविरबाट चारसय बढी लाभान्वित

 |  मंगलबार, पुस १०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १०, २०८०

खोटाङ- दिक्तेलको रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन्।

नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको घुम्ती सेवा शिविरमा ९५ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न सिफारिस गरिएको छ।

यस्तै, ४२ जनाको मिर्गौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरलाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा दुई सय ३३ जना कृषकलाई पशुचौपायाका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको हो।

अब  नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने जनाइएको छ। खार्मीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरको अवधि थोरै भएकाले सबैले सेवा लिन नपाएकाले सबै वडामा शिविर सञ्चालन हुन लागेको हो।

प्रकाशित: Dec 26, 2023| 10:41 मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्