आइतबार, असार १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्यटनमन्त्री किरातीको राजीनामा माग गर्दै विरोध जुलुस

पर्यटनमन्त्री किरातीको राजीनामा माग गर्दै विरोध जुलुस

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०
National life
Shivam cement

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किरातीका राजीनामा माग गर्दै काठमाडौंमा विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो। 

सोमबार काठमाडौंको गौशालामा भेला भई धार्मिक गुरुहरूले र्‍यालीसहित संसद् भवन नयाँ बानेश्वर पुगी धर्ना कार्यक्रम गर्ने भनेपनि प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियो।

प्रदर्शनकारीहरूले संसद् भवन जान नपाएपछि बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए। साथै धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन्। मन्त्री किरातीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको सहभागीहरूले बताएका छन्।

प्रकाशित: Dec 25, 2023| 17:25 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्