मंगलबार, पुस १, २०८२

नारायणगढ–बुटवल खण्डमा रास्वपाको पैदल यात्रा

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको ढिलाइलाई लक्षित गर्दै सभापति रवि लामिछानेको नेतृत्वमा नारायणगढदेखि बुटवलसम्म पैदल यात्रा सुरु गरेको छ।

National life

पदयात्रा चितवनको नारायणगढ पुल्चोकबाट सोमबारदेखि सुरु भएको हो। नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर दुरीको पैदलयात्रा तीन दिनमा सक्ने रास्वपाले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र अहिले यात्राको क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउन यात्रा गरिएको सभापति लामिछानेले बताए। यात्रामा पार्टी सभापति लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी छन्।

दबाब यात्रामा सहभागी हुनेहरूलाई पार्टीको झण्डा, लोगो, टिसर्टलगायतका कुनै पनि सामग्री प्रयोग नगर्न र शुभेच्छुक तथा शुभचिन्तकहरूलाई यात्राको क्रममा भिडभाड नगरिदिन सभापति लामिछानेले आग्रह गरेका छन्।

पोखरामा आफूमाथि भएको मकैको खोया प्रहार 'वेल प्लान्ड' जस्तो देखिएको उनको भनाइ छ। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 25, 2023| 18:00 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्