सोमबार, चैत ३०, २०८२

देशभर चिसो बढ्दै, सतर्कता अपनाउन अनुरोध

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

काठमाडौं- देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।  महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेका हुन्।

National life

अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ। ‘पश्चिमी वायुको आंशिक प्रभाव छ। केही दिनलाई ठुलो मौसमी प्रणालीको प्रभाव छैन’, मौसमविद् पुडासैनीले भने।

आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ। रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु÷कुइरो लागेको थियो। आज काठमाडौँको न्यूनतम तापक्रम पाँच दशमलव चार र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको छ। तापक्रम घटेकाले काठमाडौँमा अत्यधिक चिसो बढेको छ।

दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ। सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव आठ डिग्रिसेल्सियस तापक्रम मापन गरिएको महाशाले उल्लेख गरेको छ।

kumari

प्रकाशित: Dec 25, 2023| 16:41 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्