मंगलबार, पुस १, २०८२

जेलबाट बिदा हुने दिन संसारबाटै बिदा भए चण्डेश्वर

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

काठमाडौं- विराटनगरमा एक कैदीको जेलबाट मुक्त हुने दिन मृत्यु भएको छ। आज दिउँसो जेलमुक्त हुन लागेका कैदी चण्डेश्वर सहनीको बिहान मृत्यु भएको हो। १० महिना २२ दिन जेल सजाय काटेर उनी आज खुला आकाशमा आउँदै थिए। तर, जेलमुक्त हुनुअघि नै उनले संसारबाटै मुक्ति पाए।

National life

आज बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। मोरङ कारागारमा सजाय काटिरहेका सहनीलाई पेट र श्वासप्रश्वासको समस्या देखिएपछि पुस ७ गते बेलुका कोशी अस्पताल लगिएको थियो। कारागार प्रशासनले यसबारे परिवारलाई जानकारी गराएको थियो।

परिवारजन र अन्य कैदीले भने कारागार प्रशासनले लापरबाही गरेको भन्दै असन्तोष प्रकट गरेका छन्। बिहान उनको मृत्यु भएपछि परिवारजनले अस्पतालमा नाराबाजी गरेका थिए। जेल प्रशासनले बिरामीबारे जानकारी नदिएको भन्दै परिवारजनले आक्रोश पोखेका छन्।

लेनदेन मुद्दामा दोषी ठहर भएपछि सहनी जेलमा थिए। मोरङ जिल्ला अदालतले उनलाई १० महिना २२ दिन थुनामा राख्न आदेश दिएबमोजिम थुनामा रहेका उनको कैद सजाय आजै सकिँदै थियो। जेलमा सबै प्रक्रिया पूरा गरेर दिउँसोसम्ममा उनी कैदमुक्त हुनेवाला थिए।

मृतक सहनीका परिवारले भने उनीमाथि कुटपिट भएको आरोप लगाएको छ। सहनीका दुई छोरा र श्रीमती छन्। छोराहरू क्रमश: २० र १८ वर्षका छन्।

Laxmi sunrise bank
kumari

अघिल्लो सातामात्रै मोरङकै लेटाङ नगरपालिका–४ का ३७ वर्षीय केशरबहादुर भुजेलको कारागारमै शंकास्पद मृत्यु भएको भन्दै परिवारले छानबिनको माग राखेका थिए। कारागारमा हाल ९४८ पुरुष महिला ८९ र नाबालक ७ जना गरी १ हजार ४४ जना कैदीबन्दी छन्।

प्रकाशित: Dec 25, 2023| 14:29 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्