बुधबार, पुस २, २०८२

नारायणगढ-बुटवल सडक छिटो सक्न रविको पैदल दबाब यात्रा

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक निर्माण छिटो सम्पन्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा शुरू गरेको छ। रास्वपा सभापति रवि लामिछानेसहित नेताले सोमबार नवलपुरको गैंडाकोटबाट यात्रा शुरू गरेका हुन्।

National life

तोकिएको समयमा सडक निर्माण सम्पन्न नभएकोले सरोकारवालालाई दबाब दिन यात्रा शुरू गरिएको लामिछानेले बताए। सरकार र ठेकेदारको लापरवाहीका कारण सडक विस्तारको काम पूरा नभएको उनको भनाइ छ।

‘ठेकेदारको कुरा सुन्दा सरकारले रुख र बिजुलीका पोल नहटाएको गुनासो सुनिन्छ, सरकारको दाबी अर्कै छ। सरकार र ठेकेदारका कारण स्थानीयले दु:ख पाउनु भएन। सरोकारवालालाई दबाब दिन यात्रा शुरू गरेका हौं।’ दबाब यात्रामा पार्टीको भौतिक पूर्वाधार विभागकी संयोजक सांसद निशा डाँगीलगातय छन्। रास्वपा टोली बुधबार बुटवल पुग्नेछ।

चार लेनमा विस्तार गर्न लागिएको नारायणगढ–बुटवल खण्डको १ सय १५ किलोमिटर राजमार्गको भौतिक प्रगति ४४ प्रतिशतमात्र छ। २०७५ सालमा शुरू भएको आयोजनाको काम २०७८ मै सम्पन्न हुनुपर्ने भए पनि अझै ५० प्रतिशत काम पूरा भएको छैन।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 25, 2023| 12:26 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्