सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
सोमबार बिहान सवा ८ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको जिप्रका सिन्धुलीले जनाएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राई छन्।
बसका चालक मन्थली-१३ का २४ वर्षीय रूपेश अधिकारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयबासी तथा यात्रुले बसमा आगो लगाइदिएका छन्। स्थानीय एवं अन्य सवारीका यात्रुले बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कारबाही माग गरेका छन्। राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानी काठमाडौं आवतजावत गर्ने सवारीसाधनको बोहोरेटारमा लर्को लागेको छ।
.jpg)
