सोमबार, चैत ३०, २०८२

घाँस काट्न गएका सासु-बुहारी जंगलमा मृत भेटिए

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जंगलमा घाँस काट्न गएका सासु-बुहारी मृत फेला परेका छन्।

National life

विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलका अनुसार  खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताए।

उनीहरूको खोजी गर्न प्रहरीसहित ६० जनाको टोली जंगलमा गएका थिए। आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको डिएसपी पौडेलले जानकारी दिए।

मनादेवीको शरीरको पछाडिको भागमा र विष्णुको बायाँ कम्मरमा चोट देखिएको डिएसपी पौडेलले बताए।

kumari

पोस्टमर्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Dec 25, 2023| 09:53 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्