आइतबार, असार १४, २०८३

बेसीसहरमा चरी बाघ फेला

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ। बेसीसहर –८ का दलबहादुर पौडेलको केराका गाजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए।

National life

उनले उक्त स्थानमा चरी बाघ पसेको खबर आएपछि प्रहरी पुगेको र डिभिजन वन कार्यालय लमजुङका कर्मचारीद्वारा बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि पहिलो पटकमा असफल भएको बताए।

पुनः डिभिजन कार्यालका फरेष्टर गुणाबहादुर ग्लानले बोराको सहायताले बाघलाई नियन्त्रणमा लिएका थिए।

डिभिजन वन कार्यालका प्रमुख सन्तोष खनालले बाघलाई नियन्त्रणमा लिएर पुनः जङ्गलमा लगेर छोडिएको बताए ।

‘आहारा खोज्दै आउने क्रममा यहाँसम्म आइपुगेको हुनसक्छ। मान्छेलाई भने यस बाघले आक्रमण नगर्ने उनको भनाइ छ। जीवितै उद्धार गरेकाले भाले–पोथी नहेरी जंगलमा छाडिएको उनले बताए।

Shivam cement

प्रकाशित: Dec 25, 2023| 09:47 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्