शुक्रबार, भदौ १९, २०८३

क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दा हेर्दैमा

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दामा ‘हेर्दहेर्दै’ मा राखिएको छ। सुनुवाइ नसकिएका कारण ‘हेर्दाहेर्दै’ मा राखिएको हो।

जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आज पहिला पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए।

सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ। पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।

प्रकाशित: Dec 24, 2023| 18:01 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्