शनिबार, पुस ५, २०८२

१४ किलो सुन प्रकरण

मीन घलेको टीमले १३८ किलो सुन ल्याएको छानबिन समितिको निष्कर्ष

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ। 

National life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा गठित छानबिन समितिले एउटै समूहले १३८ किलो सुन ल्याएको निष्कर्ष निकालेको हो। गत मंसिर २१ गते राति फ्लाई दुबईको विमान हुँदै आएका चन्द्रबहादुर घले १४ किलो सुनसहित पक्राउ परेका थिए।

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुखलाई आइतबार बुझाएको प्रतिवेदनमा १३८ किलोमध्ये चन्द्रबहादुर घलेले ल्याएको १४ किलो सुन मात्र बरामद भएको उल्लेख छ।

'मीनबहादुर घले, चन्द्रबहादुर घले र कृष्णकुमार श्रेष्ठले १३८ केजी सुन ल्याएर विमानस्थलमा सेटिङ मिलाएर बाहिर ल्याउने गरेको' समितिको प्रतिवेदनमा जनाइएको छ।

दुबईबाट सुन पठाउने काम अंकित अग्रवाल नाम गरेका व्यक्तिले गर्दै आएको र विमानस्थलमा सेटिङको जिम्मा डीबी भनिने दानबहादुर गुरुङले लिएको पनि प्रतिवेदनमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

छानबिन समितिमा प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य थिए।

प्रकाशित: Dec 24, 2023| 15:31 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्