शनिबार, पुस ५, २०८२

नेकपा एसका सचिवालय सदस्यले अंगदान गर्ने

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरुले मरणोपरान्त अंगदान गर्ने भएका छन्। हिजो बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो।

National life

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मृत्युपर्यन्त अंगदानका लागि उत्प्रेरित गर्नेसमेत निर्णय भएको जानकारी दिए। उनले भने, 'सचिवालय सदस्यको हकमा सबैले प्रतिवद्धता जनाएका छौं। यसैगरी, अन्य नेता कार्यकर्तालाई पनि आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने।

नेकपा एसको बैठकमा काठमाडौंमा हिजो सुरु भएको अंग प्रत्यारोपण सम्बन्धी सम्मेलनबारे चर्चा भएको थियो। त्यसक्रममा नेताहरुले मृत्युपछि गरिने अंगदानले नसर्ने रोग लागेका धेरै गम्भीर बिरामीहरुको ज्यान बाँच्न सक्नेबारे छलफल गरेका थिए। त्यसपछि पार्टीका तर्फबाट मरणोप्रान्त अंगदानसम्बन्धी प्रतिवद्धता जाहेर गर्ने कुरा भएको प्रवक्ता खतिवडाले बताए।

उनले भने, 'अहिले किड्नी मुटु, कलेजोजस्ता धेरै संवेदनशील अंगहरु प्रत्यारोपण गर्न सकिने सुविधाहरु आएका छन्। मृत्युपर्यन्त अंगदानले धेरैको जीवन बाँच्न सक्छ। त्यसैले हाम्रो निर्णयले जनमानसमा पनि सकारात्मक सन्देश दिने आशा गरेका छौं।’

प्रकाशित: Dec 24, 2023| 13:19 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्