शनिबार, पुस ५, २०८२

नेपाल प्रहरीका सई भक्तपुरमा मृत भेटिए

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- भक्तपुरमा एक जना प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन्।

National life

आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्। उनी प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए। उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको छ। उनको मृत्युको कारण खुलिसकेको छैन।

पोष्टमर्टमको लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ।

प्रकाशित: Dec 24, 2023| 12:23 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्