शुक्रबार, भदौ १९, २०८३

क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले विज्ञप्ति जारी गर्दै क्रिसमस मनाउन यही पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा क्रिसमसको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ।

यस्तै अध्यक्ष मल्लले इसाई धर्मावलम्बीहरूले हरेक वर्ष डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा शुभकामनासमेत व्यक्त गरेका छन्। उनले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा राखेको उल्लेख गरेका छन्। 

प्रकाशित: Dec 24, 2023| 11:28 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्